२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तीनकुने ताण्डव : कमान्डको हेलचेक्र्याइँ कि उदासीनता ?

तीनकुने ताण्डव : कमान्डको हेलचेक्र्याइँ कि उदासीनता ?
अ अ+ अ-

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी राजावादीले गरेको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न सरकार नराम्रोसँग चुकेको छ । योसँगै गृहमन्त्री रमेश लेखक र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्व अधिकारी माथि नैतिक प्रश्न उठेको छ । आफ्नै सुरक्षा निकायले दिएको गोप्य प्रतिवेदनको बेवास्ता गर्दा सरकार चुकेको हो ।

राजावादीहरुको प्रदर्शन हुने केही दिनअघि नै गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए । त्यति मात्र होइन, सुरक्षा अधिकारीहरुले राजावादीको आन्दोलनमा संलग्न २१ वटा विभिन्न संघसंस्था र संगठनको अवस्थाबारेसमेत जानकारी गराएका थिए । तर सरकारले त्यसलाई सामान्य भन्दै ठोस रणनीति बनाउन सकेका थिएन ।

सुरक्षा अधिकारीहरुले राजवादी समूहको आन्दोलन हिंसात्मक हुन सक्ने आंकलन गरेका थिए । किनकी आन्दोलनको कमान्ड विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लिएका थिए । जबकी उनले यसअघि गरेका प्रदर्शन पनि शान्तिपूर्ण भएका थिएनन् । अझ पछिल्लो समय त जनतालाई भड्काउने खालका अभिव्यक्ति उनले दिँदै आएका थिए ।

विवादस्पद पृष्ठभूमिका प्रसाईंले आन्दोलनको कमान्ड नै लिने भएपछि आन्दोलन अराजक र हिंस्रक बन्छ भन्ने आंकलन गृहमन्त्री रमेश लेखकले गर्नै सकेनन् । बरु प्रसाईंलाई उनले कमजोर आँकलन गरे । त्यति मात्र नभएर आफै मातहतका सुरक्षा निकायले दिएको सुझावको वेवास्थासमेत गरे । त्यसैको परिणामस्वरुप हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भयो भने २२ जना घाइते भए ।

ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र आन्दोलनमा उपस्थित कीर्तिपुरका २९ वर्षीय सविन महर्जन छन् । रजक रिपोर्टिंगका लागि आन्दोलनकारीले ढुंगा हानेको घरमा प्रवेश गरेका थिए । उनी माथिल्लो तलामा भएकै बेला प्रदर्शनकारीले तलबाट आगो लगाइ दिएका थिए ।

आन्दोलन हिंस्रक बनिसक्दा पनि प्रहरीलाई बल प्रयोग गर्न र नियन्त्रण गर्न निर्देशन दिइएन । बरु आन्दोलनलाई भड्काउन सहयोगी भूमिका प्रहरीले निर्वाह गरेको देखिन्छ । प्रहरीले मञ्चमै अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने काम गरेको थियो । उपत्यका प्रहरी प्रमुखले तत्कालीन निर्णय गर्न सकेनन् । फिल्डमा खटिएका प्रहरी पनि अन्योलमा परेको देखिएको थियो ।

तीनकुनेको भिडबाट निस्किएर कोटेश्वरतर्फ गएको राजावादी समूहले कोटेश्वरमा रहेको प्रहरी प्रभागमा पनि तोडफोड र आक्रमण गर्‍यो भने पारि रहेको भाटभटेनी सुपर मार्केटलाई पनि निशाना बनायो । त्यसक्रममा भाटभटेनीमा राजावादी समूहका प्रदर्शनकारीले लुटपाट समेत मच्चाए ।

भाटभटेनीमा प्रदर्शनकारीको समूह प्रवेश गर्दा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नै थिएन । बरु निजी सुरक्षागार्डले लुटेरा समूहलाई रोक्न हरमज्दुर प्रयास गरे ।

त्यसो त तीनकुने क्षेत्र व्यापारिक, व्यवसायिक र संवेदनशील कार्यालयहरु रहेको क्षेत्रमा पर्दछ । देशको प्रतिष्ठित मिडिया हाउस कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट आसपासमै थिए । ठूला व्यापारिक भवन मात्र होइन, होटल तथा रेस्टुरेन्ट पनि पर्याप्त थिए । यस्तो स्थानमा राजावादीलाई आन्दोलन गर्ने ठाउँ दिएर गृह मन्त्रालय चुकिसकेको थिए । त्यति मात्र होइन, राजावादीहरुले हिंसात्मक गतिविधि गर्ने संकेत पाइसक्दा पनि सुरक्षाकर्मी तत्काल संवेदनशील ठाउँमा खटिन सकेनन् । त्यसको व्यवस्थापन गर्न न गृहमन्त्रीले चासो देखाए न त काठमाडौं प्रहरी प्रमुखले नै । बरु सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर भीडलाई उत्तेजित पार्ने काम गरे ।

राजावादीहरुले निजी सम्पत्तिमा धावा बोलेर लुटपाट मच्चाइरहँदा तत्काल सुरक्षाकर्मी परिचालनमा पनि गृह मन्त्री चुकेका छन् । सरोकारवालाहरुले कहिले मन्त्री, कहिले पुलिस तथा कहिले प्रशासनमा फोन गरेर हारगुहार मागिरहे । भौतिक सम्पत्तिमा क्षति भइरहेको थियो, सडकमा टायर बालेर आन्दोलन तातिरहेको थियो, निजी घर जल्न थालेका थिए, आसपासका घरमा ढुंगामुढा प्रहार भइरहेका थिए, सञ्चारमाध्यमका कार्यालयहरुमा आगो लगाइदिने धम्कीसहित तोडफोड भइरहेको थियो । तर गृह मन्त्रीले यी गतिविधिलाई पुरै नजरअन्दाज गरे र सही समयमा सही निर्णय लिन सकेनन् ।

तीनकुनेमा कार्यक्रम तोकेको अवस्थामा निषेधित क्षेत्र तोडेर रिङरोड भित्र आउने बित्तिकै प्रदर्शनकारीलाई नियन्त्रणमा लिनुपथ्र्यो, त्यो हुन सकेन । प्रहरीले अति नै संयमता देखाएको देखियो, जुन कमजोरी थियो । निषेधित क्षेत्र घोषणा गरिसकेपछि त्यो क्षेत्रमा जानै दिन हुँदैन थियो । तर त्यो पनि भयो । नागरिकको घरमा तोडफोड भइरहेका बेला प्रहरीको उपस्थिति त्यहाँ थिएन ।

त्यसो त भिड नियन्त्रणमा खटिने प्रहरीलाई गैरघातक हतियार दिने दायित्व सरकारको हो । तर सरकारले गैरघातक हतियार उपलब्ध नै गराउन सकेको छैन । फिल्डमा खटिने प्रहरीले म्याद सकिएका टियर ग्यास बोकेर हिँड्नुपर्ने अवस्था छ । न प्रहरीलाई आधुनिक सामग्रीसहित सुविधासम्पन्न बनाउन नै गृहमन्त्रीले सकेका छन् ।

त्यसो त यसअघि २०८० साल पुस १३ गते ललितपुरको बालकुमारीमा भएको ईपीएस प्रकरणमा दुई जनाको ज्यान गएको विषयमा सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र ललितपुरका प्रहरी प्रमुख कारबाहीमा परेका थिए । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद् बैठकसमेत अबरुद्ध भएको थियो । नैतिकताको कुरा त्यसबेला जोडतोडले उठेको थियो ।

तीनकुनेमा यति संवेदनशील अवस्था हुँदा पनि गृहमन्त्री अहिले आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयासमा छन् । आन्दोलनको नेतृत्वकर्ता प्रसाईंलाई पक्राउ गर्न सकेका छैनन् । अघिल्लो दिनसम्म प्रसाईं आफूहरुको निगरानीमै रहेको दाबी गर्ने काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारी पनि अहिले चुप छन् । गृहमन्त्रीले आफ्नो कमजोरी कतै स्वीकार गरेका छैनन् । राजावादीहरुको हिंसात्मक प्रदर्शनबाट यति ठूलो क्षति हुँदा पनि गृहमन्त्रीले नैतिकता देखाउन नसक्नु चाहिँ उदेकलाग्दो छ ।