पर्सा । पर्सामा थप १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१ महिलासहित १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो ।
अस्पतालका डाक्टर निरज सिंहका अनुसार सङ्क्रमितमध्ये ४३ जना प्रहरीको हिरासतमा रहेका छन् ।
नियमित जाँचको क्रममा स्वाब परीक्षण गराएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।











