२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लेखक सङ्घको अध्यक्षमा बुढाथोकी



अ+ अ-

लुम्बिनी। नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी हुनुभएको छ । केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । उहाँका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गर्नुभयो ।

सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गर्नुभयो । महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गर्नुभयो ।

सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो । त्यसमध्ये छ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित हुनुभयो ।

सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित हुनुभएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताउनुभयो । निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गर्नु भएको थियो ।रासस