२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने घटना षड्यन्त्रको हिस्सा : कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनाको सबै पक्षलाई विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढङ्गबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउने र राजा, हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्न खोजेको बताएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यो घटनाक्रमबाट कोहि पनि बिचलित नहुन सम्पुर्ण राष्ट्रबादी ,राजाबादी र हिन्दुराष्ट्र पक्षधरलाई आह्वान समेत गरेका छन् । थापाले “केही समय पछि गोयबल्स शैलिमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ” । हिन्दुराष्ट्र राजा सहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्ने समेत थापाले स्पष्ट पारे ।

“तिनकुने घटनाको आबरणमा भ्रष्ट शासन र भ्रष्ट ब्यबस्थालाई निरन्तरता दिईरहन खोज्ने योजना सफल हुन दिदैनौ” उनले थपे । थापाले नयाँ शिराबाट हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढ्ने भन्दै थापाले राजनीतिक शक्ति र राजनीतिक नेतृत्वले जिम्मेवारी र पहलकदमी लिनुपर्नेमा थापाको जोड थियो ।

कार्यक्रममामा काठमाडौं -१४ का विभिन्न ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।