१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको कोभिड अनुगमन समितिद्धारा चिकित्सकहरुसँग छलफल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणको क्षेत्रमा फ्रन्ट लाइनमा खटेर काम गरिरहेका चिकित्सकहरुसँग आज अन्तरक्रिया गरेको छ । सो समितिले महामारीको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको हो । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो ।

स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल केन्द्रित थियो । छलफलका सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नुपर्ने चिकित्सकहरुको मनोबल बढाइ सेवा र सुविधामा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

अनुगमन समिति संयोजक एवम् सहमहामन्त्री महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । डा. महतले सरकारले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको संवेदनशीलता हेरेर उनीहरुको सेवा सुविधाका लागि काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा समिति सदस्यहरु एनपी साउद, डा प्रभु बुढाथोकी, डा लक्ष्मीराज पाठक, राजिवविक्रम शाह, नैनसिंह महर र नेपाल चिकित्सक संघका पदाधिकारीहरु सहभागी थिए ।