५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाभित्र बढि कोरोना प्रभावित क्षेत्र सिल गरिँदै, न्युरोड र टेकु पहिलो चरणमा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रभावित क्षेत्रलाई हेरेर सिल गर्ने निर्णय गरेको छ। आज भएको बैठकमा उपत्यकाभित्र कोरोना संक्रमितको सङख्यालाई नियाँल्दै बढि प्रभावित क्षेत्रहरुलाई सिल गर्ने निर्णय भएको हो । 

निर्णयअनुसार नै काठमाडौंको न्युरोड र टेकु क्षेत्र आजबाट सिल गर्ने तयारी गरिएको छ। शुक्रवार न्युरोडका दुई जना कपडा व्यपारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यकबाहेक अन्य सेवा पनि बन्द हुने भएको छ। आज मात्रै काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज नेपालमा थप ४६४ जना कोरोना संक्रमित थपिँदै संक्रमितको जम्मा संख्या २२ हजार २१४ पुगेको छ ।