३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

रवीन्द्र र धवलशमशेरको रिहाइको माग गर्दै राप्रपाद्वारा २४ घण्टे अल्टिमेटम

रवीन्द्र र धवलशमशेरको रिहाइको माग गर्दै राप्रपाद्वारा २४ घण्टे अल्टिमेटम
अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।

साथै राप्रपाले तीनकुनेमा सरकारकै कारण हिंसात्मक घटना भएको ठहर गरेको छ । बैठकपछि मिडियासँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउदै दोषी देखिए आफ्ना नेतालाई कारवाही गर्नुपर्ने बताएका छन् ।

साथै राप्रपाले शुक्रबारको घटनाबाट पूर्वराजालाई बदनाम गराइएको र सिंगो आन्दोलनलाई बदनाम गरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

बैठकका  निर्णयहरू

• हिजो तिनकुने र आसपासका क्षेत्रमा भएको घटनाप्रति राप्रपा दुःख व्यक्त गर्दछ।

• जसले जुन उद्धेश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भएपनि निन्दनीय छ। राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्विकार्य हुन सक्दैन।

• हिजोको घटना निम्त्याउन सरकार प्रमुख रुपमा जिम्मेवार छ। हिजोको प्रदर्शनमा सादा पोशाकमा हतियारसहितका व्यक्तिहरूको परिचालन, आन्दोलनकारीमाथि ताकेर प्रहार, जबर्जस्ती धरपकड, शान्तिपूर्ण रुपमा सभा शुरु हुनैलाग्दा निजी घरको छतबाट समेत मञ्चमा अश्रुग्यासको प्रहार, म्याद गुज्रिएका अश्रुग्यासको प्रयोग, प्रदर्शनकारीलाई गोली प्रहार गर्नुपर्ने अवस्था नहुँदापनि ताकी ताकी गोली प्रहार जस्ता कार्यबाट घटनामा राज्यको संलग्नता ठहर हुन्छ।

• सञ्चार गृह, दलको कार्यालय, निजी तथा व्यवसायिक भवन लगायतका स्थलहरुमा तोडफोड हुँदैगर्दा सुरक्षा दिन नसकेको, आगलागी भएको स्थलबाट पत्रकारलाई जोगाउन सक्ने अवस्था हुँदाहुँदै उद्धार गर्न चुकेको र प्रधानमन्त्रीको अघिल्लो दिन प्रत्याक्रमण गर्न दिएको अभिव्यक्ति समेत हिंसा भड्काउन जिम्मेवार रहेको राप्रपाको ठम्याइ छ।

• राप्रपा यस घटनाको स्वतन्त्र र निश्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग गर्दछ। यस कार्यमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय एवं अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाजलाई घटनाको अध्ययन गर्न र यथार्थ विवरण ल्याउन आग्रह गर्दछ।

• प्रदर्शनका क्रममा ज्यान गुमाउन पुगेका कीर्तिपुरका सबीन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति राप्रपा श्रद्धाञ्जली अर्पण गर्दछ।

• दिवंगत महर्जन र पत्रकार रजकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न राप्रपा माग गर्दछ।

• घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ।

• आन्दोलनका क्रममा पक्राउ पर्नुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा, अधिवक्ता स्वागत नेपाल लगायत सबैको अविलम्ब तत्काल रिहाइका लागि राप्रपा सरकारसंग माग गर्दछ। तत्काल रिहा नगरिएमा राप्रपा आन्दोलनमा उत्रनेछ।

• राजालाई जबर्जस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्यको राप्रपा निन्दा गर्दछ।

• पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपील गर्दछ।

मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख