२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीद्वारा आन्दोलनमा क्षति भएका सञ्चारमाध्यमको अवलोकन



अ+ अ-

काठमाडौँ। प्रेस चौतारी नेपालले शुक्रबार पूर्वराजावादीको प्रदर्शनका क्रममा क्षति भएका सञ्चारमाध्यमको अवलोकन गरेको छ । अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले क्षति भएका सञ्चारमाध्यम र घाइते भएका पत्रकारको अवस्थाबारे आज जानकारी लिएको हो ।

अध्यक्ष पाण्डेले राजावादीले सञ्चारमाध्यमलाई आक्रमणको निशाना बनाएकामा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनकारीको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रवार ठुलो क्षति हुन नपाएको बताउनुभयो । अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न सपना देखिएको तर त्यो पूरा नहुने बताउनुभयो ।

प्रेस चौतारीले राजावादीको आक्रमणबाट क्षति बेहोरेका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, हिमालय टिभी र घाइते भएका अनलाइन खबरका सञ्चारकर्मीलगायत आबद्ध सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा बढी क्षति पुगेको पाइएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले बताउनुभयो । हिजो प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको ज्यान गएको थियो । रासस