६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले भारतबाट औषधि नल्याउने



अ+ अ-

काठमाडौँ । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिनुभयो ।

उहाँले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भन्नुभयो ।

उहाँका अनुसार औषधि खरिद गर्न सेनाले रक्षा हुँदै परराष्ट्र मन्त्रालय मार्फत भारतको विदेश मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसपछि औषधि आपूर्ति गर्न सिफारिस गरिएको बीपीपीआई भन्ने कम्पनीसँग जङ्गी अड्डाको खरिद एकाइले ‘मोड अफ पेमेन्ट’ तथा ‘मोड अफ डिलेभरी’ का लागि पत्र पठाए पनि उक्त कम्पनीबाट मूल्यसूची प्रस्ताव आउन नसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सिफारिस भएको उक्त कम्पनीले आपूर्ति गर्न सम्झौता नगर्ने, बिना सम्झौताकै औषधि खरिद गर्नुपर्ने, एकैचोटि पूरा भुक्तानी गर्नुपर्ने लगायतका माग राखेकाले खरिद प्रक्रिया अगाडि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । कम्पनीसँग औषधि विदेश निर्यात गर्ने प्रमाणपत्र समेत रहेको छैन ।

प्रवक्ता पौडेलले नेपालले खरिद गर्न खोजेका औषधिको निर्यातमा त्यस बेला भारतले रोक लगाएको अवस्था थियो । त्यसपछि निर्वाध रूपमा ती औषधि नेपालमा आयात हुन सुरु भयो । अहिले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आयात भइरहेको छ, कुनै पनि औषधिको आयातमा रोक नलगाइएको जानकारी दिनुभयो ।

उहाँले ती ५३ वटा औषधि नियमित रूपमा नेपालमा आइरहेको र सहज तरिकाले सजिलै चाहिएको परिमाणमा उपलब्ध भइरहेकै हुनाले भारतसँग खरिदको आवश्यकता पनि देखिएन । रकम भुक्तानी कसरी गर्ने, औषधि खरिद गर्न नेपाली सेनालाई प्राप्त भएको रकम सीधै पठाउन नमिल्ने देखिएको अवस्थामा परराष्ट्र मन्त्रालयबाट पठाउने लगायतका विषयमा छलफल हुँदाहुँदै आर्थिक वर्षको अन्त्य पनि भयो र हाम्रो आवश्यकता पनि रहेन र यो विषय यत्तिकै टुङ्गियो भन्नुभयो ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकारदेखि सरकार ९जीटूजी० विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

त्यसपछि सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई औषधि लगायतका स्वास्थ्य सामग्री खरिद गर्न पत्राचार गरेकोमा भारत र चीनले मात्र औषधि खरिद गर्ने प्रतिउत्तर पठाएका थिए ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।