२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.32

Wind: 1.54

Humidity: 37

तपाईं के खोज्दै हुनुहुन्छ ?

आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार



अ+ अ-

काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकार रजकको प्रदर्शनकारीले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो ।

राजकर्णिकाले टेलिभिजनमाथि आक्रमण हुँदा सरकारका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक सहयोगको अपील गरे पनि पुरै बेवास्ता गरिएको आरोप लगाए ।

उनले भनेका छन्– ‘मैले सशस्त्र प्रहरीका आईजी राजु जीलाई चार पटक फोन गरेर कुरा गरें । उहाँले पछिल्लो पटक भन्नुभयो । हाम्रा कर्मचारीले गएर हेरौं भनेर भनेका छन् । तर यो गलत हो । कहाँ बसेर रिपोर्टिङ गरे ? यो रङ रिपोर्टिङ थियो ।

नेपाल प्रहरीका दीपक थापालाई फोन गरें । उठाउनुभएन । पछि उहाँले फोन गर्नुभयो । तर यहाँ सबै कुरा भइसक्यो । अब तपाईंको आवश्यकता छैन भनिदिएँ ।

काठमाडौंको सीडीओलाई कम्तिमा २५ पटक फोन गरें होला । मैले म्यासेज गरे । म एभिन्यूज टेलिभिजनको भाष्करराज राजकर्णिकार भनेर । तर नो रेस्पोन्स । यस्तो हुन्छ । जवाफदेहीता लिनुपर्दैन ?