२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा



अ+ अ-

काठमाडौं । राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणा सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने जनाउनु भएको छ ।

शुक्रबार साँझ सामाजिक संञ्जालमा एक सन्देश राख्दै बिरोध निरन्तर रहने जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ-

आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुने, काठमाडौंमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनमा भएको दमन, अश्रुग्यासप्रहार, लाठीचार्ज जस्ता घटनाहरू गम्भीर विषय हुन् साथै आन्दोलनका क्रममा हुन आउने जन धनको क्षेतिको जिम्मेवारी गृह प्रशासन,राज्य र सरकारले लिनु पर्छ ।प्रदर्शनमा बल प्रयोग गरि आन्दोलनलाई रोक्ने सरकारको रणनीति नेपाली जन(समर्थनले विफल पार्ने छन ।

सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने छन।

शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोलि लागि किर्तिपुरका २९ वर्षिय सविन महर्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सविनको आत्माको चिर शान्तिको कामना सहित शोकको घडिमा परिवारजनमा गहिरो समवेदना साथै गम्भीर घाइते भइ अस्पतालमा उपचाररत सम्पुर्ण घाइतेहरूलाई पुर्ण शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।