३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए



अ+ अ-

रसुवा। उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।

आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव २०८०÷८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन नाका नजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिएका छन् । भन्सार छुटाउन सवारीसाधन धनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौँ सवारीसाधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।

आयात गरिएका सवारीसाधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताउनुभयो । घोषणापत्रको अभावमा बरबुझारथ हुन नसक्दा सवारीसाधनको विषयमा एकीन तथ्याङ्क बताउन नसकिने भन्सार कार्यालयको भनाइ छ ।

सवारी साधनका अतिरिक्त स्याउ, कालो अङ्गुर, ड्रागन फ्रुट, किवी, हलुवाबेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेय पदार्थलगायत सामगी चीनतर्फबाट आयात हुने गरेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।

गत साउनदेखि फागुनसम्म आठ महिनामा आयात–निर्यातबाट रु १९ अर्ब १४ करोड २० लाख राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवागढी भन्सार कार्यालयमा अहिले छ जना अधिकृतसहित ४३ कर्मचारी कार्यरत छन् ।

यसैबीच टिमुरेस्थित भन्सार कर्मचारीहरूले पहराको फेदमा जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवासको व्यवस्था नभएको र तोकिएको समयभन्दा बढी अवधि कार्यालयमा काम गर्दा अतिरिक्त सेवा–सुविधाको व्यवस्था नभएको गुनासो गर्नुभएको छ । रासस