२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकलले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ- हिक्मतकुमार कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन कोशी प्रदेश समितिको १२औँ प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले टेलिकमलाई स्तरोन्नति, विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीले भन्नुभयो, “टेलिकमसहित मुलुकका अन्य सार्वजनिक संस्था बलियो, गुणस्तरीय सेवा दिने र सक्षम भएमा राष्ट्रले समृद्धि हासिल गर्नेछ ।” उहाँले आगामी वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो ‘रिङटोन’मार्फत प्रदेशभरिका पर्यटकीयस्थलको जानकारी दिँदै विदेशी पर्यटकलाई अस्थायी सिम वितरण गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै विकास र रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्दै यसका लागि प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचारप्रसार गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीका अध्यक्ष घनश्याम खतिवडा र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हकहित र जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्गठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उपमहासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्यदिशा अवलम्बन गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवानिवृत्त कर्मचारीलाई सम्मान गर्नुभएको थियो । रासस