२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिड नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास



अ+ अ-

कञ्चनपुर। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुला मञ्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण (व्यवस्थापन)सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको संयुक्त आयोजनामा संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्ट लगायतको उपस्थीति थियो ।

संयुक्त अभ्यास कार्यक्रममा प्रहरी वरिष्ठ हबल्दार, प्रहरी हबल्दार, प्रहरी सहायक हबल्दार र प्रहरी जवान गरी ७० जनाले सहभागिता जनाउनुभएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भिड नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास कार्यक्रममा नेपाल प्रहरीबाट ३५ जना र सशस्त्र प्रहरी बलबाट ३५ जनाको सहभागिता रहेको थियो ।

त्यसअवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी पोख्रेलले भिड नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास कार्यक्रमले दुवै सुरक्षा बलको दक्षतामा वृद्धि हुने बताउनुभयो । प्रहरीको दक्षता अभिवृद्धिका लागि अभ्यासका कार्यक्रमलाई निरन्तरता दिइनुपर्नेमा उहाँको जोड थियो । रासस