
काठमाडौँ । राजावादी प्रदर्शनकारीले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
काठमाडौंका तीन स्थानमा कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ ।
अर्को आदेश नहुँदासम्म कर्फ्यु जारी रहने बताइएको छ ।