१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा राजावादीको हर्कत,निजी घरमा तोडफोड गर्दै सामान बाहिर निकालेर जलाइयो



अ+ अ-

काठमाडौँ । राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।

आन्दोलनकारीले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल बैंक्वेट छेउमा रहेका दुई घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले उक्त घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् । आन्दोलनकारी र प्रहरीबीच झडपको स्थिती आएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । यस क्षेत्र तनावग्रस्त बनेको छ ।