२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले अन्तरिम आदेश पाएनन्, हितेन्द्रलाई कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईसँगै सरकारको पनि कुरा सुन्ने आदेश भएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग्दै सर्वौच्च अदालत गएका कुलमानले अन्तरिम आदेश नपाएपछि हितेन्द्र देव शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।

कुलमानले हितेन्द्रको नियुक्ति बदर गरी आफूलाई पुनर्वहाली गरिपाउन अन्तरिम आदेशलगायत परमादेश माग गरेका थिए ।

कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सम्बन्धी मुद्दाको सुनुवाइ आइतवार हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार उक्त मुद्दाको पहिलो बहसपछि सरकारको कुरा सुन्नुपर्ने भन्दै आईतबारका लागि पेशी तोकिएको हो ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी नभई आइतबारका लागि पेशी तोकिएको हो । दोस्रो नम्बरमा कुलमान घिसिङको र पाँचौं नम्बरमा हितेन्द्र देव शाक्यको मुद्दा पेशीमा रहेकोमा दुवैलाई सँगै राखेर सुनुवाइ गरि आइतबारका लागि पठाउने जानकारी गराएको छ ।

बिहीवार सर्वोच्च अदालतमा विद्युत प्राधिकरणबाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक घिसिङ र नव नियुक्त शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो ।

आफूलाई अन्याय भएको भनि कुलमानले बुधबार अबेर पेश गरेको रिट सर्वोच्चले बिहिबारमात्र दर्ता गरेको थियो । कुलमान सर्वोच्च पुगे लगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए ।

४ वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवा सुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन् ।