२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी समर्थकहरु बानेश्वरतर्फ आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल



अ+ अ-

काठमाडौं । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ ।

प्रहरीले समर्थकहरुलाई तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको हो ।

सोहि क्रममा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल समेत भएको छ ।

तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन गरिरहेको छ । उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।