२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना

ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना
Opel cars are parked on the ground of the Opel car factory in Ruesselsheim near Frankfurt, Germany, Thursday, March 27, 2025. (AP Photo/Michael Probst)
अ अ+ अ-

जर्मनी। पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् ।

उनीहरूले यसले अटलान्टिकका दुवै तर्फका उपभोक्ता र कम्पनीहरूलाई समान रूपम सजाय दिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्नुभएको नयाँ २५ प्रतिशत आयात कर ‘विश्वव्यापी अटोमोबाइल निर्माताहरू र अमेरिकी उत्पादनलाई एकैसाथ चोट पुर्‍याउने’, युरोपेली अटोमोबाइल निर्माता सङ्घले एक विज्ञप्तिमा बताएको छ ।

जर्मनीको अटो उद्योग सङ्घ, भिडिएका प्रमुखले करहरूले कार निर्माताहरू र गहिरो अन्तरसम्बन्धित विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्येक कम्पनीलाई ‘उत्तर अमेरिकासहित उपभोक्ताहरूका लागि सबै भन्दा बढी नकारात्मक परिणामहरू ल्याउने’ बताउनुभयो ।

परिणामले सबै पक्षबाट विकास र समृद्धिलाई खर्च गर्नेछ”, हिल्डेगार्ड मुलरले एक विज्ञप्तिमा भन्नुभयो । बिएमडब्लु, फोक्सवागन, मर्सिडिज–बेन्ज, भोल्भो, स्टेलान्टिस र तिनीहरूको आपूर्तिकर्ताहरूको विशाल सञ्जालका साथै सम्पूर्ण युरोपेली अर्थतन्त्रका लागि यो ठूलो जोखिम हो ।

अमेरिका युरोपेली अटो उद्योगको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो र सन् २०२३ मा युरोपेली अटोमोबाइल निर्माताहरूले ५६ अर्ब युरो मूल्यका सवारी साधन र पाट्र्सहरू अमेरिका पठाएका थिए । युरोपको अटो उद्योगले एक करोड ३८ लाख रोजगारी वा कुल युरोपेली सङ्घ (इयु) रोजगारीको छ दशमलव एक प्रतिशत समर्थन गर्दछ ।

युरोपका कार निर्माताहरूले पहिले नै सङ्कुचित घरेलु बजार र सस्तो चिनियाँ विद्युतीय सवारी साधनहरूबाट नयाँ प्रतिस्पर्धाको सामना गरिरहेका छन् । अटो उद्योगमा कुनै पनि समस्याले युरोपेली अर्थतन्त्रमा असर पार्नेछ । यो सन् २०२४ को अन्तिम त्रैमासिकमा बिल्कुलै बढेको छैन र सम्पूर्ण वर्षका लागि शून्य दशमलव नौ प्रतिशत मात्र बढेको थियो ।

सबैभन्दा बढी जोखिममा जर्मनी र इटालीका कार निर्माताहरू छन् किनभने जर्मनीको २४ प्रतिशत र इटालीको ३० प्रतिशत गैर–युरोपेली सङ्घ निर्यात अमेरिका जान्छ । जर्मनी फोक्सवागन, मर्सिडिज–बेन्ज र बिएमडब्लु जस्ता ठूला अटोमोबाइल निर्माताहरूको घर हो ।

अक्सफोर्ड इकोनोमिक्सकी विश्लेषक क्लारिसा हानले लेख्नुभएको छ, “यसले लाखौँ रोजगारी मात्र नभई ब्लकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ठूलो अनुपातमा योगदान पुर्‍याउने क्षेत्रलाई ठूलो धक्का दिनेछ ।” उहाँले जर्मनीको निर्यात सात दशमलव एक प्रतिशतले घटेको र इटालीको निर्यात छ दशमलव छ प्रतिशतले घटेको बताउनुभयो ।

अमेरिकी कार निर्माताहरू प्रतिशोधात्मक कारबाहीका लागि कम जोखिममा छन् किनभने तिनीहरूले इयुमा आफ्नो उत्पादनको दुई प्रतिशत मात्र निर्यात गर्छन् । अझै पनि अमेरिकामा डेट्रोइटका फोर्ड र जनरल मोटर्सका सेयरहरू तीव्र रूपमा घटे किनभने अमेरिकी उद्योग आपूर्तिकर्ताहरूबीच सीमापार व्यापारमा धेरै निर्भर छ ।

इयु र अमेरिकाले कर र व्यापार युद्धका क्षतिकारक परिणामहरू टार्न तत्काल संवाद गर्नुपर्छ”, युरोपेली निर्माता सङ्घले भन्यो । जर्मन अटो एसोसिएसनका प्रमुख मुलरले इयु र अमेरिकाबीच द्विपक्षीय सम्झौतामा तत्काल वार्ताका लागि आह्वान गर्नुभयो ।

उहाँका अनुसार यसले ‘अटोमोबाइल उत्पादनहरूका लागि विभिन्न कर र गैर–कर अवरोधहरूबारे छलफल गर्न र अधिक सन्तुलित दृष्टिकोणमा लैजान सक्ने’ एउटा फोरम प्रस्ताव गर्नेछ । रासस/एपी