३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आदिवासी जनजाति आयोगले पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

आज प्रदेश प्रमुखसमक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टल आदिवासी जनजातिका अधिकार संरक्षण तथा सशक्तीकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव दिनुभयो ।

उहाँले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकाले त्यसलाई प्रभावकारी रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदन मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेशसभामा पठाइने र त्यहाँ सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारबाही थप सबल र सशक्त बनाउन योगदान पुग्ने प्रदेश प्रमुख भट्टको विश्वास थियो ।

आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र अधिकारको संरक्षण तथा प्रथा परम्परालगायत क्षेत्रमा गरिएका कामहरू समावेश छन् । रासस