२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
अ अ+ अ-

सुदूरपश्चिम। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सो पार्टीको आज धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले ठूलो बलिदानी र त्यागबाट प्राप्त परिवर्तनको उपलब्धि एवं जनताको शासनलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास भइरहेको बताउनुभयो । नेपालले बहुमतको आडमा मनपरी गर्छु भनेर चल्न खोजेमा पार्टीहरु बीचको सम्बन्धमा सुधार नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हृदय फराकिलो बनाएर देखिएका कतिपय कमीकमजोरी स्वीकार्दै सुधार गर्ने आँट गर्न सक्नुपर्छ ।” उहाँले जनतासँग जोडिएर आन्दोलनलाई उठाउन र परिवर्तनको वाहक बनेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव घनश्याम भुसाललगायतले सम्बोधन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनमा पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ । रासस