८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिने छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ । उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।

विपक्षीले सदनमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने बताइरहँदा ओलीले भने आफूले जवाफ नदिने घोषणा सार्वजनिक कार्यक्रममार्फत गरेका थिए । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा भने उनी जवाफ दिने निष्कर्षमा पुगेका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले चैत १८ गते बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षीको माग बमोजिम प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिनिधिसभाका आजको बैठकका सम्भावित कार्यसूची :

सन्देश टेबुल
“बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।
समितिको प्रतिवेदन पेश

पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले “जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ पेश गर्ने।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ पेश गर्ने ।

व्यवस्थापन कार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले :–

(क) “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने।

(ख) “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१“ प्रस्तुत गर्ने ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले “नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले :–
(क) “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने ।