२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो



अ+ अ-

तनहुँ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाले भोगचलन गर्ने वनक्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो । सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वनक्षेत्र प्रभावित हुने छ । प्रमुख भण्डारीले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभर्ना संम्बन्धि जग्गाको टुङ्गो लगाउने छ ।”

वन मन्त्रालयसँगको समस्याले विद्युत् प्रसारण लाइनको निर्माण कार्य रोकिन पुगेको र रुख नभएको क्षेत्रमा निर्वाध रुपमा काम भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि बजेट सुनिश्चित गरेका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ ।

आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारणलाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । रुख कटानका विषयमा मन्त्रिपरिषद्बाट स्वीकृति पाए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो । “कूल ९४ टावरमध्ये ६९ वटा ठडाइएको छ”, प्रमुख भण्डारीले भन्नुभयो, “एघार टावरको सबै काम सम्पन्न भएको छ । १४ वटाको पूरै काम गर्न बाँकी छ ।”

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नआउँदा काम प्रभावित भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । तनहुँ खण्डमा रहेका सामुदायिक वनसँग आयोजनाले समन्वय गरी काम गरेका कारण सहज बनेको छ । चितवन खण्डमा ठूला सालका रुख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेकाले कार्य प्रभावित भएको प्रमुख भण्डारीले बताउनुभयो । रासस




भर्खरै