३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

उपत्यका प्रवेशमा कडाई गर्न सरकारलाई आग्रह

उपत्यका प्रवेशमा कडाई गर्न सरकारलाई आग्रह
अ+ अ-

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । 

काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो । फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले लक डाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिने भन्दा बढी मान्छेहरु भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताउनुभयो । फोरमले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघिय सरकारले एकिृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उहाँले बताउनुभयो । मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको उहाँले ताउनुभयो ।  

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको छ । सरकारले लक डाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ । स्थानीय तहको अनुमति विना उपत्यका प्रवेश निषेध गरिएपनि नागरिकहरु लुकिछिपी उपत्यका भित्रिरहेका छन् ।