१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ बिस्तार दुई चरणमा गरौं, पहिलो चरणमा महानगरले प्रस्ताव गर्छ : मेयर शाक्य



अ+ अ-

काठमाडौं । चक्रपथ बिस्तारका लागि स्वयम्भू पश्चिमतर्फ वुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने बिषयमा सहमति जुटेको छ ।

आइतबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलले चक्रपथ बिस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो ।

बिस्तारका क्रममा बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ । सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले तत्काल रिटेनिङ् वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ । सडक बिस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन् । सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनस्र्थापना गर्ने कामलाई दोश्रो चरणमा गरिनेछ । 

चक्रपथ बिस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको महानगरका मेयर बिद्यासुन्दर शाक्यको भनाइ छ । 

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकुल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाएका हौं । मेयर शाक्य भन्नुहुन्छ — आफ्नो जिम्मामा भएका कामलाई तत्काल गर्ने र अन्य निकायको जिम्मामा भएका काममा समन्वय गरेर काठमाडौंको समृद्धि बढाउँदै गएका छौं । यसका लागि स्थानीय धार्मिक, सामाजिक संघसंस्था तथा स्थानीयबासीको ठूलो सहयोग पाएका छौं । यसका निम्ति महानगरकातर्फबाट आभार व्यक्त गर्दछु । वडाध्यक्ष ईश्वरमान डंगोलकाअनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक बिस्तारमा सहयोग गर्ने निर्णय भएको हो ।  

सेवा समितिले संरचना पुनस्र्थापनाका लागि महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई प्रतिवेदन पनि दिएको छ । मागका रुपमा प्रतिवेदनमा उल्लेख गरिएका बुँदा कार्यान्वयनको सम्भावना अध्ययन गरेर तत्काल गर्नु पर्ने कामलाई कार्यान्वयनमा ल्याउन मेयर शाक्यले समारोहमै सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापालाई दिनुभयो ।

पाकाअनुसार प्रतिवेदनमा रिटेनिङ् वाल, २ वटा प्रवेश द्वार, स्तुप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ । यसमा करीब ४ करोड रुपैयाँ माथिको योजना छ, थापाले जानकारी दिनुभयो । 

चक्रपथ बिस्तारका क्रममा नेपाली सेनाले कम्पाउण्ड पर्खाल सारिसकेको छ । शशस्त्र प्रहरी बलले प्रवेश द्वार र कम्पाउण्ड सार्दै छ । यता बालाजु क्षेत्रमा सुरक्षा (प्रहरी) निकायले पनि ठाउँ व्यवस्थापन गर्दैछ ।