
काठमाडौं । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिको जनकमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंले पाएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् ।
भोलि राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको नेतृत्व प्रसाईंले गर्नेछन् ।
यस्तै, धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन पनि गरिएको छ ।