
काठमाडौँ । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरेपनि विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।
प्रतिपक्षीले अवरोध जारी राखेपछि अध्यक्ष दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।
यसअघि हिजो बुधबारको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक नै स्थगित हुन पुगेको थियो ।