३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर



अ+ अ-

पर्सा। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको होे ।

अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ रु एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्यअभिवृद्धि करतर्फ रु ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो ।

यसैगरी वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो रु १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ को शतप्रतिशत जरिवाना गरी रु ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ ।

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् ।