३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरका अग्निपीडितलाई सहयोग



अ+ अ-

नेपालगञ्ज। बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ ।

नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो । नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर रु ५० लाख बराबरको क्षति भएको थियो ।