१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरुको अहिलेको बाटो त्यस्तै भएको जिकिर गर्नुभयो । उहाँले राजावादीहरुले अगाडि सारेको पश्चगामी मुद्दाहरु सफल हुन नसक्ने बताउनु भयो । आगामी दिनहरुमा राजावादीहरु अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उहाँले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी विगतमा माओवादीहरुले शहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरु त्यसैगरी सपना देख्दै छन् । देशभरीका आफ्ना समर्थकहरुलाई भेला गरेर उनीहरु भन्दैछन् जनता त अब राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् ।

उनीहरुले जुन प्रकारको बाटो अवलम्वन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरु त्यही बाटो अविलम्बन गर्दैछन् । त्यो पनि पश्चगामी एजेण्डाका साथ, त्यो बाटो सफल हुन सक्दैन भन्ने कुराको सच्याइलाई तपाई हामी सबैले बुझ्नु जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसअर्थमा, स्वभाविक रुपले अबका दिनहरुमा राजावादीहरुका अवाञ्छित क्रियाकलापहरुलाई कानूनको सीमाभित्र, वैधानिकताको सीमाभित्र आउनका लागि बाध्य पार्ने तरिकाहरु अविलम्बन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अराजकताका विरुद्धमा पार्टी र लोकतन्त्रको रक्षाका लागि, गणतन्त्रको रक्षाका लागि फेरि युवाहरु एकपटक जुरमुराएर तात्नु पर्ने अवस्था छ भन्ने कुरा राख्न चाहन्छु र त्यही उद्देश्यका साथ स्वंसेवकहरुको राष्ट्रिय भेला भएको कुरा तपाईहरुबीच राख्न चाहन्छु ।’

महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन एमालेले मूख्य भुमिका खेलेको जिकिर गर्नुभयो । उहाँले राजसंस्था पुनःस्थापना गर्ने राजावादीहरुको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।