७ भाद्र २०८३, आईतवार
,
Latest
बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरुलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिनुभएको छ ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ राजनीतिक दलहरु सिक्दै अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्वहरुको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरुलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गर्नुभयो । नयाँ राजनीतिक दलहरुलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरुको पक्षपोषणमा लागेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरुलाई पनि मेरो सुझाव छ । ति हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, कति मान्छे मारेर, विध्वंस मच्चाएर थाकेका, थकित तत्वहरुको पसिना पुछ्न किन जानुप¥यो रु आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरुले गरेनन्, ७० वर्षको बुढो भयो अरे नेता, ८८ वर्षका खोज्न जान्छन् । सबैभन्दा थोत्रो, सामन्तवादी प्रणाली पुनःस्थापित गर्छु भन्छन्, नयाँ भनेर उच्चारण गर्दछन् । नयाँ । राजतन्त्र नयाँ हुन्छ । यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने यो भएन, त्यो भएन भन्ने । मुखिया तन्त्रमा फर्किन खोज्ने । राजतन्त्र भनेको मुखियातन्त्र हो ।’

प्रधानमन्त्री ओलीले आफूहरु धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिनुभयो ।