२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.46

Wind: 2.57

Humidity: 27

Latest
निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो सहकारी मर्यादित भए मात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः कार्यवाहक प्रधानमन्त्री सिंह महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिनुभएको छ ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतपिक्ष दलहरुलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरुको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्नेकुरा देखिएको टिप्पणी गर्नुभयो । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो संसदलाई बनाइरहेको भन्द टिप्पणी गर्नुभयो । यस्ता किसिमका क्रियाकलापहरु नगर्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरु । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो । त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो बनाउनुहुन्छ, संसदलाई । त्यो हामीले बुझेका छौँ । यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । केके न ठूलो अपराध गरेको जस्तो । मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान ठूलो कुरा गरेको जस्तो । कसैले केके न ठूलो भ्रष्टाचार गरेको जस्तो । यो असत्य होस् । होइन रहेछ भने, नत्र । म भन्दिन चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेख्नुभएको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरु लेखेको देख्दा आश्चर्य लागेको बताउनु भयो ।