५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ फिर्ता लिन माग गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ ।

बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल फिर्ता गर्न माग गरेका छन् । हवाई क्षेत्रमाथि निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग रहेको छ ।

प्रदर्शनकारीहरुले हवाई माफियाहरु होशियार,नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने राष्ट्रघाती विधेयक फिर्ता गर, हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर, विधेयकमाथि विधेयक लाद्ने श्रृंखलाको अन्त्य गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका हुन् ।