६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ सांसदहरू उठेर विरोध जनाएका थिए ।
यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका थिए । आघा घण्टाका लागि स्थगित गरिएको बैठक अझै सुचारु हुन सकेको छैन ।