२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.12

Humidity: 24

Latest
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली, थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रालाई विश्वासको मत



अ+ अ-

एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसद्मा विश्वासको मत प्राप्त गर्नुभएको छ । संसद्मा विपक्षी दलहरूले उहाँमाथि उहाँका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए ।

दुई दिनसम्म चलेको चर्को बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले सात अनुपस्थितिका साथ एक सय ६२ का विरूद्ध तीन सय १९ मतले विश्वासको पक्षमा मतदान गरेका थिए । विपक्षीले ३८ वर्षीया पेटोङटार्नको देशको व्यवस्थापन र उहाँको अनुभवहीनतामाथि आक्रमण गरेको थियो ।

मतदान जितेपछि पेटोङटार्नले आफ्ना समर्थकहरूलाई धन्यवाद दिनुभयो । “पक्ष र विपक्षमा सबै मत मलाई र मन्त्रिपरिषद्लाई जनताका लागि कडा मेहनत गर्न उत्प्रेरित गर्ने शक्ति हुनेछ”, उहाँले फेसबुकमा लेख्नुभयो ।

आधुनिक थाई राजनीतिका सबैभन्दा प्रभावशाली तर विवादास्पद नेता थाकसिन १५ वर्षको स्व–निर्वासनपछि सन् २०२३ मा देश फर्किनुभएको थियो ।

उहाँले ऐतिहासिक भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा प्रहरी अस्पतालमा आठ वर्षको जेल सजायको केही महिना बिताउनुभएपछि राजाद्वारा क्षमादान पाउनुभयो । यसले उहाँलाई सहजै व्यवहार गरिएको अफवाह फैलायो ।

सन् २००१–२००६ शासनअन्तर्गत ७५ वर्षीय थाकसिन समृद्ध लाखौँ गरिब थाईबीच अझै पनि लोकप्रिय हुनुहुन्छ तर उहाँलाई भ्रष्ट र चतुर मान्ने राज्यको रूढीवादी शीर्ष वर्गले तिरस्कार गरेको छ ।

पूर्वप्रधानमन्त्री श्रेत्था थाविसिनलाई अदालती आदेशद्वारा हटाइएपछि थाक्सिनले स्थापना गरेको राजनीतिक आन्दोलनको पछिल्लो रूप फेउ थाई पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारको नेतृत्वमा पेटोङटार्न गत वर्ष प्रधानमन्त्री बन्नुभयो ।

चर्चा अवधिमा मुख्य विपक्षी पिपुल्स पार्टीका सांसद रङ्सिमान रोमले पेटोङटार्नमाथि आफ्ना पितालाई विशेष व्यवहार गरेको आरोप लगाउनुभयो ।

“तपाईंले आफ्नो बुबाको अवस्था अन्य कैदीहरूभन्दा राम्रो बनाउनका लागि एउटा राक्षसी सम्झौता गर्नुभयो”, उहाँले संसद्मा भन्नुभयो, “सर्त के थियो भने तपाईँका बुबा एक दिन पनि जेलमा बस्नु हुनेछैन ।”

आफू प्रधानमन्त्री बन्नुभन्दा केही महिनाअघि मात्र आफ्ना पिताले राजकीय क्षमादान पाएको औँल्याउँदै पेटोङटार्नले उक्त आरोपलाई अस्वीकार गर्नुभयो ।

विपक्षी सांसदहरूले पेटोङटार्नमाथि कर चुहावट र गत महिनाको अन्त्यमा चीनलाई पठाइएका ४० उइगुर मुद्दालाई गलत तरिकाले सम्हालेको आरोप लगाए ।

उइगुरहरूको स्वदेश फिर्तीले अन्तर्राष्ट्रिय निन्दा निम्त्यायो र वासिङ्टनले केही थाई अधिकारीमाथि भिसा प्रतिबन्ध लगायो ।