१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ

रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ ।

बुधवार सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिनुभयो । उहाँले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वायत्त रहेको बताउनु भयो । उहाँले इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको बताउनु भयो । रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभई तीन करोड नेपाली नागरिक भएको उल्लेख गर्दै स्वायत्त भएर नीति तथा कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो प्रभावकारीता सन्देश दिन सक्नुपर्छ । अब लोकतन्त्र, गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि रेडियो नेपाल स्वायत्त छ । विगतको इतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गुणगान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउने खालको जुन भूमिका थियो आज त्यो सम्पूर्ण रुपमा परिवर्तन भएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै ताबेदारी कदापी गर्नुहुन्न । रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’

बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभुत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।