६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै



अ+ अ-

काठमाडौँ । तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिने भएको छ ।

रजकको आज २ः३० बजे शोभा भगवतीमा दाहसंस्कार गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका क्यामरापर्सन रजकको आगजनीमा परेर निधन भएको थियो ।

उक्त प्रदर्शनमा सबिन महर्जनको पनि निधन भएको थियो भने कैयौं घाइते भएका थिए ।