१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी



अ+ अ-

काठमाडौं । सत्तारुढ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु सहभागी छन् ।

बैठकको एजेन्डाबारे भने कुनै जानकारी गराइएको छैन । सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो ।