२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजस्व कार्यालय भद्रपुरमा एक अर्ब ९८ करोड राजस्व सङ्कलन



अ+ अ-

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा रु एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

गत आवभन्दा राजस्व सङ्कलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट रु ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत रु छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत रु ३३ करोड १८ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो ।