६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’ भन्दै माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलामा ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’, ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’, ‘हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता प्ले कार्डसहित सरकारको विरोध गरेका हुन् । यस्तै, उनीहरुले सरकार र उर्जामन्त्रीको विपक्षमा समेत नारा लगाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।