१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान



अ+ अ-

एजेन्सी । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी चा दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो