२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलबाराही हत्या प्रकरणः हत्या आरोपी पक्राउ



अ+ अ-

काठमाडौं । मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोटको पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई पक्राउ गरिएको छ ।

राईको हत्या आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानले जानकारी दिए ।

१०० रुपैयाँमा विवाद हुँदा हिमालले ओमप्रकाशको हत्या गरेको पाईएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आइतबार बिहान निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा कवाडी संकलक ओमप्रकाश मृत भेटिएका थिए । उनको दाहिने कानको छेउ र टाउकामा चोट लागेको अवस्थामा पाईएको थियो । यसतै, प्रहरीले घटनास्थलबाट रगत लतपतिएको ढुंगा समेत फेला पारेको थियो ।