५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नजिकको भारतीय बजार आवतजावत गर्दा एउटै गाउँमा ४२ सङ्क्रमित भेटिए



अ+ अ-

सप्तरी । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ । तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा सङ्ख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।

विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उनमा साउन ९ गते कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा सङ्लग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो । खुला सिमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताए । समुदायमा सङ्क्रमण देखिएको लौनिया गाउँमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन माइकिङ गरिएको छ । गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरू सञ्चालनमा रोक लगाइएको छ । टाँसिएको भारतको विहार कुनौली आवतजावत गर्न रोक लगाउँदै प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

सो गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष खगेन्द्र मण्डलका अनुसार साबुन पानीले हाथ धुने, बिना कामले घरबाहिर ननिस्किने, सामाजिक दूरी बनाएर मात्र काम गर्ने, किराना पसल दिनको २ बजेदेखि ४ बजेसम्म मात्र खोल्ने, औषधि पसल चौबिसै घण्टा खोल्ने र मास्क लगाउने कार्य उल्लङ्घन गर्नेलाई भौतिक वा आर्थिक कारबाही गरिनेलगायतका निर्णयहरू गरिएको छ । सङ्क्रमितको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर तिलाठी कोइलाडी गाउँपालिकाले एक सय शय्याको आइसोलेसन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । हाल यो आइसोलेसन केन्द्रमा ८३ जना सङ्क्रमित छन् । गोरखापत्र दैिनक