६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर भत्किँदा एकै परिवारका ४ जनाको ज्यान गयो, ५ जना घाइते



सांकेतिक तस्बिर
अ+ अ-

डोटी । गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

राति करिब साढे एक बजे भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी वकि रहेको इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले जानकारी दिए । 

पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने बुढाऐरले बताए । दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए।

घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । घरमा चौपायहरु समेत च्यापिएका र उनीहरुको उद्धार भइरहेको प्रहरी निरीक्षक बुढाऐरले बताए। कान्तिपुर दैनिक