५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउस अगाडि गोली चल्यो



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।

पत्रकार भेटघाट चलिरहेकै बेला सुरक्षाकर्मीले ट्रम्पलाई जानकारी गराएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका थिए । केही समयपछि पुनः आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई बाहिर गोली चलेको जानकारी दिए । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो ।

ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर ती व्यक्ति घाइते भएका छन् । ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट कडा सुरक्षाका साथ निवास लगिएको थियो । राजधानी दैनिक