जनकपुरधाम । जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ संयोजक डा. जामुन सिंहका अनुसार जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको तर गएराति मात्रै मृत्यु भएको थियो । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए ।
उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।