१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 4.63

Humidity: 26

Latest
प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति? राप्रपा सांसद राणा पक्राउ परेको सूचना सदनलाई जानकारी प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एसको कार्यालयमा आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्को सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई ‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’ आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनान्सय जनाको निःशुल्क आँखा शल्यक्रिया



अ+ अ-

खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको छ ।

शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो । उक्त शिविरमा ७१२ जनाको आँखा जाँच, पाँच सय ७० जनालाई औषधि वितरण, २०२ ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

“१० स्थानीय तह रहेको जिल्लामा एक हजार पाँच सय ४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ”, उहाँले भन्नुभयो । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चस्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

सङ्घले यही चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसवर्षको शिविरमा करिब दुई हजार एक सय जना आँखाका बिरामीले सेवा लिने अनुमान आयोजकको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो ।