१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 31

Latest
विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ तीन तहको सरकारलाई जोड्ने एउटै सूत्र ‘सहकार्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनान्सय जनाको निःशुल्क आँखा शल्यक्रिया



अ+ अ-

खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको छ ।

शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो । उक्त शिविरमा ७१२ जनाको आँखा जाँच, पाँच सय ७० जनालाई औषधि वितरण, २०२ ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

“१० स्थानीय तह रहेको जिल्लामा एक हजार पाँच सय ४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ”, उहाँले भन्नुभयो । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चस्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

सङ्घले यही चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसवर्षको शिविरमा करिब दुई हजार एक सय जना आँखाका बिरामीले सेवा लिने अनुमान आयोजकको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो ।