७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण



अ+ अ-

काठमाडौँ। कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ। मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

मण्डला थिएटरमा जारी ‘नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव–२०२५’ को अवसरमा उक्त कृति लोकार्पण गरिएको थियो । कृतिबारे टिप्पणी गर्दै कवि  मुकारुङले मेषीदण्ड नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै कलाको माध्यमबाट सत्य बोल्ने इतिहासको दस्ताबेजका रूपमा आएको बताउनुभयो । “मेषीदण्ड कृतिको रूपमा प्रकाशित भएपछि अब यसलाई जोकोही निर्देशकले निर्देशन गर्ने बाटो खुलेको छ”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले लेखेको अब्बल नाट्यकृति हो यो ।

यसैगरी लेखक तथा अभियन्ता अजितले पुस्तकबारे समीक्षा गर्दै नाटकमा उल्लेखित राज्यले गर्ने विभेदविरुद्ध एकीकृत आन्दोलनको आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा हुने विभेदविरुद्ध यस्ता कृति एकीकृत रूपमा निरन्तर लेखिइरहनुपर्ने धारणा राख्नुभयो ।

रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले समाजलाई भाषा र सङ्गीतको माध्यमबाट जोडेको रोचक पक्षबारे चर्चा गर्नुभयो । मेषीदण्ड नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको थियो । अनिल सुब्बाले निर्देशन गर्नुभएको उक्त नाटकलाई मण्डला थिएटरले कृतिको रूपमा प्रकाशन गरेको हो ।रासस