२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन रास्वपाले चितवनबाट ‘जनयात्रा’ को शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण



अ+ अ-

काठमाडौँ। कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ। मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

मण्डला थिएटरमा जारी ‘नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव–२०२५’ को अवसरमा उक्त कृति लोकार्पण गरिएको थियो । कृतिबारे टिप्पणी गर्दै कवि  मुकारुङले मेषीदण्ड नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै कलाको माध्यमबाट सत्य बोल्ने इतिहासको दस्ताबेजका रूपमा आएको बताउनुभयो । “मेषीदण्ड कृतिको रूपमा प्रकाशित भएपछि अब यसलाई जोकोही निर्देशकले निर्देशन गर्ने बाटो खुलेको छ”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले लेखेको अब्बल नाट्यकृति हो यो ।

यसैगरी लेखक तथा अभियन्ता अजितले पुस्तकबारे समीक्षा गर्दै नाटकमा उल्लेखित राज्यले गर्ने विभेदविरुद्ध एकीकृत आन्दोलनको आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा हुने विभेदविरुद्ध यस्ता कृति एकीकृत रूपमा निरन्तर लेखिइरहनुपर्ने धारणा राख्नुभयो ।

रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले समाजलाई भाषा र सङ्गीतको माध्यमबाट जोडेको रोचक पक्षबारे चर्चा गर्नुभयो । मेषीदण्ड नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको थियो । अनिल सुब्बाले निर्देशन गर्नुभएको उक्त नाटकलाई मण्डला थिएटरले कृतिको रूपमा प्रकाशन गरेको हो ।रासस